२० प्रतिशत लाभांश पारित गर्न ग्लोबल आइएमई क्यापिटलले बाेलायाे साधारण सभा
११ भदौ, काठमाडौं। ग्लोबल आईएमई क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । भदौ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज १ गते काठमाडौंको लाजिम्पाटमा रहेको होटल ले हिमालयमा १८ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा दिउँसो साढे ४ बजेदेखि सुरु हुनेछ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आव २०८१/८२ को मुनाफाबाट चुक्तापूँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । साथै, सभामा लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१/८२ को वित्तीय विवरणहरु पारित गर्ने, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने,लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।
प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार १०:५५














