नेप्सेमा २४ अर्ब ४२ करोड बराबरको बोनस सेयर सूचीकृत
८ भदाै, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २४ अर्ब बढीकाे बोनस सेयर सूचीकृत भएकाे छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक तथ्याङ्क अनुसार नेप्सेमा आर्थिक वर्ष २०८१/८२ मा रु.४० अर्ब २१ करोड बराबरको साधारण सेयर, रु.२४ अर्ब ४२ करोड बराबरको बोनस सेयर, रु.१३ अर्ब २३ करोड बराबरको हकप्रद सेयर, रु.१ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, रु.११ करोड २० लाख बराबरको एफपीओ र रु.३ अर्ब ९६ करोड बराबरको अन्य सेयर गरी कुल रु.८३ अर्ब १९ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
प्रकाशित मिति : August 24, 2025 at 4:24 pm









