२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

बिहीबार पनि नेप्सेमा गिरावट, कारोबार रकम पनि घट्यो

५ भदौ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ९.२२ अंकले घटेर २७५७.९७ को बिन्दुमा बन्द भएको छ । यसदिन कुल ३१९ वटा कम्पनीको १ करोड ६८ लाख ५५ हजार कित्ता सेयर खरिद बिक्री भएर ५ अर्ब २ करोड १ लाख रुपैयाँको कारोबार भएको छ ।

यस दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन २४ करोड नौ लाख रुपैयाँकाे कारोबार भएको छ ।   यस दिन जनउत्थान समुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ४.६५ प्रतिशत घटेको छ। यस दिन विकास हाइडेपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयरमूल्य यस दिन ९.९९ प्रतिशतले बढेको हो ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार १५:३०