२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

रिभर फल्स पावरले भदौ २३ गतेदेखि हकप्रद सेयर निष्काशन गर्दै

५ भदौ, काठमाडौं । रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले  हाल कायम चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा ७० करोड रुपैयाँ बराबरको रु.१०० अंकित दरका ७० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो। यसकाे अर्थ साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यपिटलका साथै प्रभु बैंकको बेशीसहर, पोखरा, वीरगञ्ज,इलाम, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यस्तै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा  ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : August 21, 2025 at 9:15 am