१५ चैत्र २०८२, आईतवार | Sun Mar 29 2026

हाथवे इन्भेष्टमेन्ट नेपालले घोषणा गर्यो लाभांश

३ भदौ, काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ ।भदौ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम रहेको चुक्तापूँजीको १२.६३२ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.६३२ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

साथै बैठकले लाभांशसहित प्रस्ताव आगामी साधारण सभासमक्ष पेश गर्ने निर्णय समेत गरेको छ । आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश सेयरधनीमा वितरण गरिनेछ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलवार १०:५३