५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

२०५.८५ प्रतिशतले बढ्यो शिवम् सिमेन्ट्सको नाफा

२८ साउन, काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ७९ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०५.८५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २५ करोड ९६ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ०.७८ प्रतिशत बढेको छ। कम्पनीको कुल नाफा ६६.३० प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ३०.७८ प्रतिशत घटेको छ । ५ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ८३ करोड रुपैयाँ सञ्चित छ।

 समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ५५ पैसा,  प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ५७ पैसा रहेको छ ।

प्रकाशित मिति : August 13, 2025 at 10:52 am