२८ भदौ २०८३, आइतबार | Sun Sep 13 2026

समता घरेलु लघुवित्तको प्रतिसेयर आम्दानी बढ्यो, नाफा कति ?

२२ साउन, काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले यो अवभिमा ८ करोड ४९ लाख खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २४०.९० प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले २ करोड ४९ लाख खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिसम्म कम्पनीले ३३ करोड ७७ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७३.७५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्ममा कम्पनीले १९ करोड ४४ लाख खुद ब्याज आम्दानी गरेको थियो । कम्पनीको खुद सञ्चालन आम्दानी पनि ८६.५५ प्रतिशतले बढेर ३८ करोड ४७ लाख पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड ७० लाख रुपैयाँबाट घटेर ५० लाख रुपैयाँमा झरेको छ। ६२ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २२ करोड २४ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले ४ अर्ब ९७ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ४९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी बढेको छ । यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपौयँ ९ पैसा बढेर १३ रुपैयाँ ५१ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ३७ पैसा  र मूल्य आम्दानी अनुपात ७० गुणा रहेको छ।

प्रकाशित मिति : August 7, 2025 at 9:39 am