मन्दाकिनी हाइड्रोपावरको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?
२० साउन, काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीले विद्युत बिक्रीमार्फत १० करोड ९१ लाख रुपैयाँ कमाएको छ । यो रकम अघिल्लो आवको तुलनामा १.५१ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीमार्फत १० करोड ७५ लाख रुपैयाँ कमाएको थियो । यो अवधिमा कम्पनीले ८७ लाख ९६ हजार रुपैयाँको वित्त आम्दानी र १ लाख ७१ हजार अन्य आम्दानी गरेको छ ।
६४ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ४ करोड ६१ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ १७ पैसा, प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ १३ पैसा र मूल्य आम्दानी अनुपात ९७.६३ गुणा रहेको छ।
प्रकाशित मिति : २० श्रावण २०८२, मंगलवार १०:२३














