आशा लघुवित्तको नाफा २४८ प्रतिशतले बढ्यो, खुद ब्याज आम्दानी कति ?
१९ साउन, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तले २० करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४८.२८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
यस्तै चौथो त्रैमाससम्म कम्पनीले ७३ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ६७.४७ प्रतिशतले धेरै हो । अघिल्लो आवमा कम्पनीले ४४ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
कम्पनीको कुल सञ्चालन आम्दानी ५०.०५ प्रतिशतले बढेर ८९ करोड २० लाख रुपैयाँ पुगेको छ । कम्पनीको सञ्चालन मुनाफा ३० करोड १६ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६७.४७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ९.७६ प्रतिशत बढेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १६ करोड ३६ लाख रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी २२ रुपैयाँ ३२ पैसा रहेको छ। ७३ करोड ३० रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोष्मा ५३ करोड ४३ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले गत आर्थिक वर्षको अन्त्यस्म्ममा ९ अर्ब ६६ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट १० अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ५५ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ९० पैसा र मूल्य आम्दानी अनुपात ३१.३८ गुणा रहेको छ।
प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार १०:५३












