१५ चैत्र २०८२, आईतवार | Mon Mar 30 2026

मनकामना इन्जिनियरिङ्गको नोक्सानी घट्यो, प्रतिसेयर आम्दानी कति ?

१८ साउन, काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  गत गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ करोड ७ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ करोड १६ लाख घाटा व्यहोरेको थियो ।

कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत १२ करोड ३ लाख आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.११ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीमार्फत १० करोड ९३ लाख कमाएको थियो ।

८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २८ करोड ९८ लाख रुपैयाँ ऋणात्मक छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६० पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ६३ रुपैयाँ ७७ पैसा र मूल्य आम्दानी अनुपात २६२.८२ गुणा रहेको छ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आईतवार १०:०६