१७ पुष २०८२, बिहीबार | Thu Jan 1 2026

आजदेखि हिमालयन बैंकको एफपीओमा आवेदन दिन सकिने

३२ असार, काठमाडाैँ । हिमालयन बैंक लिमिटेडले आज असार ३२ गतेदेखि एफपीओ बिक्री खुला गरेको छ । यस बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको हो । जसअनुसार बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपीओ जारी गरेको छ । बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ७०ः३० कायम गर्न एफपीओ जारी गर्न लागेको हो ।

बैंककाे बिक्री प्रबन्धकको रूपमा सिटिजन्स क्यापिटल लिमिटेडले रहेकाे छ । उक्त एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । एफपीओ निष्कासन छिटोमा साउन ४ गते हुनेछ । सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि साउन १४ गतेसम्म लम्बिनेछ ।

एफपीओ निष्काशनपश्चात बैंकको चुक्ता पूँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार ५३१ रुपैयाँ ९० पैसा पुग्नेछ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार ०७:५१