१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

किन्ने होइन त ? सर्वसाधारणका लागि श्री इन्भेष्टमेन्टको सेयर बिक्रीमा

३१ असार, काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ६ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको जनाएको छ ।

सो सेयर खरीद गर्न इच्छुक सर्वसाधारणले अबको ७ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको डिल्लीबजारस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

यसअघि कम्पनीले गत जेठ २३ गते ३५ दिने सूचना जारी गरी कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको थियो । तर सो समयमा उक्च सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नपरेकाले आम सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : July 15, 2025 at 10:47 am