प्रि ओपन सेसनमा ९ अंकले बढ्यो नेप्से
२३ असार, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ९ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ९.०३ अंकले बढेर २७१५.३९ विन्दुमा पुगेको छ।
सोमबार प्रि ओपन सेसनमा ७३ स्टकको १२६ पटकको कारोबारमा १ करोड ३७ लाख ७० हजार ३०३ रुपैयाँबराबरको २६ हजार ५३४ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : २३ असार २०८२, सोमबार ११:०६