प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से
११ असार, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ०.५६ अंकले बढेर २६०१.१० विन्दुमा पुगेको छ।
बुधबार प्रि ओपन सेसनमा २९ स्टकको ५२ पटकको कारोबारमा ५६ लाख ६ हजार ९१६ रुपैयाँ ५० पैसाबराबरको १५ हजार ८८ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : June 25, 2025 at 11:00 am







