३२ असार २०८२, बुधबार | Wed Jul 16 2025

सोमबार यी कम्पनीका लागानीकर्ताले कमाए सर्वाधिक

९ असार, काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से ८.१३ अंकले बढेर २६०४.११ को विन्दुमा कायम भएको हो । आज जोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यसदिन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, यस दिन पञ्चकन्या माई हाइड्रोपावरको ९.४२ प्रतिशत, बरुण हाइड्रोपावरको ५.२७ प्रतिशत, पाँचथर पावरको ५.१८ प्रतिशत, राधि विद्युत कम्पनीको ४.८६ प्रतिशतले सेयरमूल्य बढेकाे छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार १५:२०