३२ असार २०८२, बुधबार | Wed Jul 16 2025

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

९ असार, काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से ८.१३ अंकले बढेर २६०४.११ को विन्दुमा कायम भएको हो । आज राधि विद्युत कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ५२ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको ४२ करोड १७ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ३३ करोड ६० लाख रुपैयाँ, सानिमा माइ हाइड्रोपावरको २८ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार १५:१७