नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन
२५ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएकाे छ । नेप्सेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १२ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४५२.६७ रुपैयाँ हुने गरी मूल्य समायोजन भएकाे हो ।
नेप्सेले आइतबारको अन्तिम कारोबार ५०६.९९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा भोली सोमबार सेयरबजारमा कारोबार खुल्नेछ ।
प्रकाशित मिति : २५ जेष्ठ २०८२, आईतवार १७:४४













