१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

आइतबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

२५ जेठ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ११.०६ अंकले घटेर २६२९.८९ को विन्दुमा कायम भएको हो ।

यस दिन राधी विद्युत कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ७२ करोड ९५ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, यूनिभर्सल पावर कम्पनीको ६२ करोड २७ लाख ७८ हजार रुपैयाँ, ङादी ग्रुप पावरको ६१ करोड ७१ लाख ६२ हजार रुपैयाँ, बुटवल पावर कम्पनीको ४४ करोड ५१ लाख ५१ हजार रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ४४ करोड ८९ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : June 8, 2025 at 3:18 pm