प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से
२५ जेठ, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।अघिल्लो कारोबार दिन ५.९९ अंकले घटेर २६४०.९६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.६९ अंकले घटेर २६३९.२६ विन्दुमा झरेको छ।
आइतबार प्रि ओपन सेसनमा ३७ स्टकको १०६ पटकको कारोबारमा २ करोड ३ लाख ७२ हजार १४८ रुपैयाँ ४० पैसाबराबरको २७ हजार ६०४ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : २५ जेष्ठ २०८२, आईतवार १०:५७













