यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
२२ जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ५.९९ अंकले घटेर २६४०.९६ को विन्दुमा बन्द भएको छ ।
यस दिन राधी विद्युत कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ९१ करोड २३ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, यूनिभर्सल पावर कम्पनीको ६४ करोड ३७ लाख १० हजार रुपैयाँ, बुटवल पावर कम्पनीको ४९ करोड ५५ लाख १० हजार रुपैयाँ, ङादी ग्रुप पावरको ४३ करोड ३५ लाख ७४ हजार रुपैयाँ, अरुण काबेली पावरको २९ करोड ३ लाख १३ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहीबार १५:१९













