दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
२१ जेठ, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार पनि सेयर बजारमा आएको छ । यस दिन नेप्से परिसूचक ११.९७ अंकले घटेर २६४६.९५ को विन्दुमा बन्द भएको छ ।
यस दिन दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जी लिमिटेडको सेयर मूल्यमा यस दिन सकारात्मक सर्किट लागेको हो । यस दिन ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने पियोर इनर्जी लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।
यस दिन ओम मेगाश्रीको सेयरमूल्य १८१ रुपैयाँ २७ पैसा बढेर १ हजार ९९४ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ भने पियोर इनर्जीको ४२ रुपैयाँ ३० पैसा बढेर ४६५ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार १५:२१













