नेप्सेमा एमबीएल इक्विटी फण्डको इकाई सूचीकृत
८ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा एमबिएल इक्विटी फण्डको इकाई सूचीकृत भएको छ। नेप्सेमा प्रतिकित्ता १० रूपैयाँ अंकित मूल्यका १२ करोड १६ लाख २५ हजार ३३० इकाई सूचीकृत भएको हो।
नेप्सेले यसलाई कारोबारका लागि ‘एमबीएलइएफ’ सिम्बोल दिएको छ। आजदेखि यही सिम्बोलबाट कारोबारमा आउने छ।
प्रकाशित मिति : May 22, 2025 at 11:36 am









