प्रि ओपन सेसनमा करिब ३५ अंकले बढ्यो नेप्से
७ जेठ, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३५ अंकले बढेको छ। अघिल्लो कारोबार दिन मंगलबार ४९.०९ अंकले बढेर २६७७.४५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३४.७९ अंकले बढेर २७१२.२५ विन्दुमा पुगेको छ।
बुधबार प्रि ओपन सेसनमा १५८ स्टकको ७१३ पटकको कारोबारमा ४ करोड ६९ लाख ३२ हजार ३८८ रुपैयाँ २० पैसाबराबरको १ लाख १८ हजार ४५ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : May 21, 2025 at 10:58 am









