७ असार २०८३, आइतबार | Sun Jun 21 2026

मन्त्रिपरिषद् बैठक बस्दै, होला गभर्नर नियुक्ति ?

२५ चैत, काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक आज सोमबार बस्दैछ । बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

आजको मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको छ। महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि गभर्नर पद रिक्त छ । २०७६ चैत २५ गतेबाट गभर्नरको कार्यभार सम्हाल्नुभएको अधिकारी पाँच वर्षे कार्यकाल सकेर यही चैत २२ गते विदा हुनुभएको हो।

प्रकाशित मिति : April 7, 2025 at 10:47 am