६ चैत्र २०८१, बुधबार | Wed Mar 19 2025

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड,यसरी हेर्नुहोस् नतिजा

५ चैत, काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा मंगलबार बिहान कम्पनीको आइपीओ बाँडफाँड भएको हो ।

कम्पनीले गत फागुन २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो।

कम्पनीको आईपीओमा कुल १९ लाख ६५ हजार ८११ जनाले २ करोड २७ लाख ३९ हजार ६५० कित्ता सेयर खरिदका लागि आवेदन गरेका थिए। जसमध्ये १० हजार १२६ आवेदन रद्द भएको छ भने बाँकी १९ लाख ५५ हजार ६८५ आवेदन स्वीकृत भएको छ। कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँड भएको थियो । गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । आईपीओको नतिजा केही बेरपछि अनलाईनबाट हेर्न सकिनेछ।

यसरी हेर्नुहोस् आईपीओको नतिजाः

आईपीओ नतिजा भने बिक्रि प्रबन्धक एनआईएमबि एस क्यापिटलको वेबसाइट : http://result.nimbacecapital.com/#/ipo-result

सिडीएससीको मेरो सेयरको वेबसाइट : https://meroshare.cdsc.com.np/#/login

सडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलवार ०९:०७