नेपाल माइक्रो इन्स्योरेन्सले पायो आइपीओ निष्कासन अनुमति
२६ पुस, काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशनको अनुमति पाएको छ। पुस २५ गते नेपाल माइक्रो इन्स्योरेन्सलाई सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो।
योसँगै बोर्डले कम्पनीलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासनको अनुमति प्रदान गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा सेयर निष्कासन गर्नेछ। कम्पनीको सेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ ।
प्रकाशित मिति : January 10, 2025 at 2:25 pm









