१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024

काठमाडौँ १६ मा रास्वपाको रोजिना श्रेष्ठ विजयी, एमाले दोस्रो र कांग्रेस तेस्रो स्थानमा

१७ मंसिर, काठमाडाैँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको रोजिना श्रेष्ठ विजयी हुनुभएको छ । उहाँ २९०२ मतसहित विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेपाली कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १०९२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यम कृष्ण श्रेष्ठले ७४२ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ मत, सम शाक्यले ३३४ मत, पशुपति कठायतले ९२ मत, राजकुमार थापाले ६१ मत प्राप्त गर्नुभएको छ ।

यस्तै न्हूज महर्जनले २५ मत, सानुमैयाँ राउत क्षेत्री पुतुवारले २४ मत, श्यामप्रसाद तिवारीले ८ मत, हिराप्रसाद सेतीले ७ मत, अञ्जन श्रेष्ठले ६ मत, सूर्यबहादुर बैदारले ४ मत, किसान श्रेष्ठले २ मत, प्रकाश पन्तले १ मत, विक्रम चित्रकारले एक मत पनि प्राप्त गर्न सक्नुभएन ।

यसअघि २०७९ को निर्वाचनमा कांग्रेसका मुकुन्द रिजालले ४०१९ मत, एमालेका लक्ष्मीरत्न तुलाधरले ३३१० मत, एकीकृत समाजवादीका लक्ष्मण गमालले १५८९ मत, राप्रपाका बिन्दिका गुरूङले ५५७ मत, लौरोका शान्जे गुरूङले ३२२ मत, स्वतन्त्र उम्मेदवारहरू अर्जुनथापा क्षेत्री २१६ मत, श्रीराम महर्जन ३२ मत, बसन्तराज भेटुवाल १९ मत र रामशरण पौडेलले ६ मत प्राप्त गर्नुभएको थियो ।

(यसअघि निर्वाचनको वेब पोर्टलको आधारमा गरिएको विश्लेषणमा अंकमा फरक परेका कारण उक्त गल्ती सच्याइएको छ । गलत अंकाका कारण पाठक वर्गमा पर्न गएको असुबिधानका लागि क्षमायाचना गर्दछौँ । प्रधानसम्पादक)

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार ०८:११