दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर शाही विजयी
१७ मंसिर, काठमाडौँ । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाही विजयी हुनुभएको छ। २०७९ को निर्वाचनमा कांग्रेसले जितेको महाबुमा उपनिर्वाचनमा एमालेले जितेको हो ।
शहीले कांग्रेसका उम्मेदवार झलक भण्डारीलाई ४५२ मतान्तरले पराजित गर्दै अध्यक्षमा विजयी हुनुभएको छ । शाहीले ३ हजार १२७ मत प्राप्त गरेर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै उहाँको निकटम प्रतिस्पर्धी कांग्रेसका भण्डारीले २ हजार ६७५ मत प्राप्त गर्नुभएको छ ।
यस्तै नेकपा माओवादी केन्द्रका जंगबहादुर बहादुर बरालले ८४२ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश बुढाले ११२ मत प्राप्त गर्नुभएको छ ।
१२ हजार ६१४ मतदाता रहेको महाबुमा ६ हजार ९८९ मत खसको थियो । यो गाउँपालिकामा यसअघि कांग्रेसका लक्षुमन गुरुङ निर्वाचित हुनु भएको थियो । दैलेखककै दुल्लु नगरपालिका १३ को वडाध्यक्षमा पनि एमालेका लालबहादुर शाही विजयी हुनु भएको छ।
यसअघि २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका लछुमन गुरूङले २९७९ मत प्राप्त गर्दै विजयी हुनुभएको थियो । एमालेका हरिप्रसाद उपाध्यायले २५१९ मत प्राप्त गर्नुभएको थियो । साथै एकीकृत समाजवादीका जंगबहादुर शाहीले २२६८ मत प्राप्त गर्नुभएको थियो । उहाँले त्यस समय माओवादी केन्द्रको समेत समर्थन प्राप्त गर्नुभएको थियो । २०७९ मा कमल चिन्ह लिएर एमाले हराउनु भएको शाही नै अहिले एमालेको सूर्य चिन्ह लिएर गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको छ ।
नेकपा एकीकृत समाजवादी सम्पूर्ण रूपम एमाले प्रवेश गरेको भनिए पनि कलम चिन्हमा उम्मेदवार भएका जगतबहादुर हामालले ४ मत प्राप्त गर्नुभएको छ ।
प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार ०७:१३