प्रधानमन्त्री ओली आज चीन जाँदै, सरकारी खर्च र आफ्नै खर्चमा चीन भ्रमणमा जानेहरू यी हुन
१७ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङ प्रस्थान गर्नुहुने भएको छ । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा ओलीले यही मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नुहुनेछ । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ । त्यस्तै उहाँले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य रहनुहुनेछ । त्यस्तै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत हुनुुहुन्छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कने तालिका छ ।
सरकारी खर्चमा जानेहरूको नाम यस प्रकार रहेको छ
प्रधानमन्त्री केपी शर्मा ओली
राधिका शाक्य, पत्नी, प्रधानमन्त्री
परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा
विष्णुप्रसाद रिमाल, मुख्य सल्लाहकार
डा युवराज खतिवडा, आर्थिक र विकास सल्लाहकार
एकनारायण अर्याल, मुख्य सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
विष्णुप्रसाद गौतम, प्रोटोकल प्रमुख
लेफ्टिनेन्ट कर्णेल दिवाकर खड्का
अर्जुन नरसिंह केसी, संघीय संसद् सदस्य
श्यामकुमार घिमिरे, संघीय संसद् सदस्य
लीलानाथ श्रेष्ठ, संघीय संसद् सदस्य
बिजुला रायमाझी, संघीय संसद् सदस्य
रेखा शर्मा, संघीय संसद् सदस्य
वीरेन्द्रप्रसाद महतो, संघीय संसद् सदस्य
दीपक कार्की, संघीय संसद् सदस्य
सर्वेन्द्रनाथ शुक्ल, संघीय संसद् सदस्य
रञ्जिता श्रेष्ठ, संघीय संसद् सदस्य
डा रामप्रसाद घिमिरे, सचिव, अर्थ मन्त्रालय
अमृतबहादुर राई, कार्यवाहक सचिव, परराष्ट्र मन्त्रालय
सुशील ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत, नेपाल लगानी बोर्ड
प्रा डा दिव्या सिंह शाह, निजी चिकित्सक माननीय प्रधानमन्त्री
सह प्राध्यापक पदमसुन्दर जोशी, उपाध्यक्ष, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय
राजेश बज्राचार्य, प्रमुख निजी सचिव
कृष्णप्रसाद ढकाल, सहसचिव, उत्तर पूर्व एशिया डिभिजन, परराष्ट्र मन्त्रालय
मणिरत्न शर्मा, उपसचिव, उत्तर पूर्व एशिया डिभिजन
उदय पोखरेल, सेवाका निजी उपसचिव, प्रधानमन्त्री
कमल रावल, निजी उपसचिव, परराष्ट्र मन्त्री, परराष्ट्र मन्त्रालय
ऋचा भट्टराई, प्रोटोकल अफिसर, परराष्ट्र मन्त्रालय
जानकी ओझा, शाखा अधिकृत, उत्तरपूर्व एशिया डिभिजन, परराष्ट्र मन्त्रालय
सुजन लामिछाने, शाखा अधिकृत, उत्तरपूर्व एशिया डिभिजन, परराष्ट्र मन्त्रालय
विनोद खनाल, प्रोटोकल सहायक, परराष्ट्र मन्त्रालय
जय शाक्य, को(निजी सहायक, भ्यालेट प्रधानमन्त्री
अनिता सिंह, व्यक्तिगत सहायक भ्यालेट परराष्ट्र मन्त्री
इन्स्पेक्टर माधव केसी, सुरक्षा अधिकारी माननीय प्रधानमन्त्री
प्रकाश सिलवाल, वरिष्ठ संवाददाता, राष्ट्रिय समाचार समिति
प्रद्युम्न ढुंगेल, वरिष्ठ सहायक क्यामेरा पर्सन, नेपाल टेलिभिजन
आशिष पौडेल, व्यक्तिगत फोटोग्राफर, प्रधानमन्त्री
चन्द्रप्रसाद ढकाल, अध्यक्ष उद्योग वाणिज्य मंहासंघ
राजेशकुमार अग्रवाल, अध्यक्ष, नेपाल उद्योग परिसंघ
कमलेश कुमार अग्रवाल, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
गणेश कार्की, अध्यक्ष, स्वतन्त्र उर्जा उत्पादक संघ, नेपाल
करण चौधरी, अध्यक्ष, नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन
शंकरप्रसाद पाण्डेय, अध्यक्ष, निर्यात व्यवसायी महासंघ नेपाल
उमेशप्रसाद सिंह, अध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासंघ रहनुभएको छ ।
यस्तै आफ्नै खर्चमा भ्रमणमा जानेहरूको नाम यस प्रकार रहेको छ जसमा ३२ जना रहेका छन । उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्श, स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नाडा, निर्माण व्यवसायी महासंघ, उद्योग व्यापार महासंघ लगायतबाट प्रतिनिधित्व गर्नुहुन्छ । सबैभन्दा बढी उद्योग वाणिज्य महासंघबाट कर्मचारीदेखि कार्यकारिणी समितिका सदस्यहरू समेत हुनुहुन्छ ।
चण्डिराज ढकाल
श्यामकुमार थापा
अञ्जान श्रेष्ठ
ज्योत्सना श्रेष्ठ
दिपक मलहोत्रा
उर्मिला श्रेष्ठ
अर्जुनप्रसाद शर्मा
मनोज पौडेल
भरतराज आचार्य
शैलेन्द्र गुरागाइ
प्रयास कार्की
मनोज अधिकारी
अम्बिकाप्रसाद पौडेल
रामशरण थपलिया
गोकर्णराज अवस्थी
रामहरि कार्की
इन्द्रबहादुर श्रेष्ठ
सुरेश उप्रेत
अनिलकुमार अग्रवाल
कृति खतिवडा
हेमराज ढकाल
सुरेश श्रेष्ठ
मोहनकुमार डाँगी
आनन्द चौधरी
रामप्रसाद आचार्य
बलराम खतिवडा
बटु लामिछाने
सुरेन्द्रकुमार उप्रेती
अनिल श्रेष्ठ
रवि सिंह
श्यामप्रसाद श्रेष्ठ
मदनकुमार अधिकारी रहनुभएको छ ।
प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार ०५:२०