२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

सहकारी ठगीको मुद्दामा रवि लामिछाने पक्राउ पर्दैछनः प्रचण्ड

२ कार्तिक, काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगीको मुद्दामा पक्राउ पर्न लागेको जानकारी दिनुभएको छ । शुक्रबार भएको प्रतिपक्षी दलहरूको बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रचण्डले यस्तो जानकारी दिनुभएको हो ।

बिहीबारको तीन दलको बैठकको सन्दर्भ उल्लेख गर्दै प्रचण्डले रवि केही दिनमै पक्राउ पर्ने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको उल्लेख गर्नुभएको छ । प्रचण्डले पक्राउको पूर्व सूचना दिएपछि लामिछाने भने शुक्बारको प्रतिपक्षी दलको बैठकमा थप पाँच सांसदसहित उपस्थित हुनुभएको थियो ।

संसदीय छानवनि समितिको सिफारिस अनुसार यसअघि नै पक्राउ गरेर लामिछानेमाथि अनुसन्धान हुनुपर्ने भए पनि प्रहरीको संयन्त्रले राजनीतिक सौदाबाजीका लागि ठाउँ छाडेर कानुन कार्यान्वयनमा आलटाल गर्दै आएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार ११:५६