बालेन शाहको फोटो भएको टिसर्ट लगाएकाहरू प्रहरी नियन्त्रणमा
१ असोज, काठमाडौँ । बालेन शाहको फोटोसहितको टिसर्ट लगाएर इन्द्रजात्रामा पुगेका समर्थकहरूलाई प्रहरीले हटाएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटोसहितको बालेन लेखिएको टिसर्ट लगाएर बसन्तपुर पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
स्थानीय बासिन्दासँग विवाद भएपछि उनीहरूलाई जनसेवामा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले जानकारी दिनुभयो ।
एसएसपी रजौरेले भन्नुभयो-‘त्यहाँ विवाद हुन लागेपछि उनीहरूलाई जनसेवातिर लगिएको हो। बालेन सिटी लेखिएको कुरामा विवाद भएको रहेछ ।’
प्रकाशित मिति : १ आश्विन २०८१, मंगलवार १४:४७