२४ माघ २०८१, बिहीबार | Thu Feb 6 2025

भीम रावलसँग हिडेको अभियोगमा पूर्वमन्त्रीसहित दुई नेता माथि एमालेको कारबाही

६ माघ, कैलाली । नेकपा (एमाले)ले भीम रावलसँग हिँडेको अभियोगमा पूर्वमन्त्रीसहित दुई  नेतामाथि कारबाहीको डण्डा चलाएको छ । एमाले कैलालीले मातृभूमि जागरण अभियानका संयोजक रावलसँग हिँडेको भन्दै पूर्वमन्त्री समेत रहेका कृष्णराज सुवेदी र उहाँको छोरा जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीलाई पार्टीको संगठित सदस्य समेत नहरनेगरी निष्कासन गर्न केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ ।

dainiki.com

शनिबार एमाले कैलालीको जिल्ला कमिटी बैठकले सुवेदीद्धयलाई एमालेबाट निष्कासन गर्ने निर्णय गरेको हो । सुवेदीद्धयले एमालेले कारबाही गरेका रावललाई केही दिनअघि कैलालीमा स्वागत गरेर सँगै हिडेँका थिए । एमालेले रावलसँग निकट भएका पार्टीका नेता तथा कार्यकर्तालाई क्रमशः निष्काशन गर्दै जाने नीति अख्तियार गरेको छ ।

प्रकाशित मिति : ६ माघ २०८१, आईतवार १०:३१