मध्यरातमा युवाको ढाडमा बुट बजार्ने प्रहरीलाई कारबाही हुने
७ माघ, काठमाडौँ । गएराति चितवनको भरतपुर महानगरपालिकाको बाइपासरोडमा एक युवालाई मरणासन्न हुनेगरी कुटपिट गर्ने प्रहरीमाथि कारबाही हुने भएको छ । नेपाल प्रहरीको प्रधान कार्यालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालय चितवनले घटनामा संलग्न रहेको प्रहरीमाथि कारबाही गर्न छानविन समिति बनाएको छ ।
अमानवीय तवरमा युवामाथि मध्यरातमा कुटपिट भएको भिडियो नै सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको हो । भिडियोमा मापसे चेकजाँचमा रहेको प्रहरीलाई कसैको सोर्स लगाउन युवाले फोन गर्छु भनेको बुझिन्छ । त्यसपछि प्रहरीले ती युवा माथि बुट बजारेर मरणासन्न हुनेगरी कुटपिट गरिरहेका छन ।
भिडियो तलको लिंकमा क्लिक गरेर हेर्न सक्नुहुन्छ ।
https://www.facebook.com/reel/1698955931008837
प्रकाशित मिति : ७ माघ २०८१, सोमबार १२:३०