२४ माघ २०८१, बिहीबार | Thu Feb 6 2025

नेप्सेमा ७६ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत

६ माघ, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ७६ लाख ९० हजार ६५२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्सको १८.३८११ प्रतिशत बापतको बोनस सेयर सूचीकृत भएको हो ।

अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

प्रकाशित मिति : ६ माघ २०८१, आईतवार १८:१२