२४ माघ २०८१, बिहीबार | Thu Feb 6 2025

रवि लामिछानेका नाममा वकील कुट्ने थप एक जना पक्राउ

७ माघ, काठमाडौँ । तत्कालीन गोर्खा मिडिया नेटवर्कका प्रबन्धन निर्देशक समेत रहेका सहकारी ठगी र संगठीत अपराधको मुद्दाका अभियुक्त रवि लामिछानेका लागि वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीमाथि कुटपिटमा संलग्न थप एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँले झापा बुद्ध शान्ति गाउँपालिका–४ का ५५ वर्षीया शीतल राई भन्ने सीतादेवी राईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनलाई सोमबार नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

dainiki.com

उनी यही माघ २ गते काठमाडौँ जिल्ला अदालतको दक्षिण गेटबाहिर वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गरी फरार रहेको प्रहरीले जनाएको छ । काठमाडौँ प्रहरीले सोही घटनामा संलग्न अन्य दुई जनालाई यसअघि पक्राउ गरिसकेको छ । उनीहरूले रविको विरूद्धमा बहस गरेको भन्दै त्रिपाठी माथि कुटपटि गरेका थिए ।

त्यसैगरी हुम्लाको अदानचुली गाउँपालिका-४ घर भई हाल काठमाडौंको सूर्यदर्शन हाइटमा बसोबास गर्ने महानन्द जैसी पनि यस प्रकरणमा पक्राउ परिसकेका छन् । यस प्रकरणमा यसअघि प्रहरीले दोलखाको तामाकोशी गाउँपालिका-१ स्थायी ठेगाना भई ललितपुरको महालक्ष्मी नगरपलिका-५ टीकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसीलाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार १७:००