२४ माघ २०८१, बिहीबार | Thu Feb 6 2025

संघीय संसदको दुबै सदनको बैठक माघ १८ गते बोलाउन सरकारको सिफारिस

७ माघ, काठमाडौँ । संघीय संसदको दुबै सदनको बैठक माघ १८ गते बोलाउन सरकारले सिफारिस गरेको छ । सोमबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति समक्ष संसद बैठक बोलाउन सिफारिस गरेको हो ।

dainiki.com

बैठकपछि कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले सरकारले संघीय संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति राम चन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले माघ १८ गते दिउसो ३ बजे संघीय संसदको दुवै सदनको बैठक बोलाउन सिफारिस गरेको बताउनुभयो ।

 

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार १७:४८