हिमालयन लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा
६ माघ, काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले १४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनिको माघ ४ गते शुक्रबार बसेको संचालक समितिको बैठले आफ्ना सेयरधनिलाई अघिल्लो आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १४ प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड २८ लाख ५३ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको छ ।
बोनस सेयरमा लाग्ने कर बापतको रकम भने स्वयं सेयरधनीहरुले भुक्तानी गर्नुपर्ने कम्पनिले जनाएको छ ।
प्रकाशित मिति : ६ माघ २०८१, आईतवार १०:३७