२४ माघ २०८१, बिहीबार | Thu Feb 6 2025

भीम रावलको अभियानमा लाग्ने भन्दै एमालेका ५९ नेताले दिए सामूहिक राजिनामा (सूचीसहित)

७ माघ, काठमाडौँ । एमालेले डा भीमबहादुर रावलसँग हिँडेको र संगत गरेको आधारमा नेता र कार्यकर्तामाथि अनुशासनको डण्डा चलाउन थालेपछि सामूहिक राजिनामाको क्रम सुरू भएको छ । रावलको नाममा एमालेका करिब चार हजार नेता कार्यकर्ताले पार्टी परित्याग गर्ने अनुमान गरिएको छ ।

पहिलो चरणमा एमाले परित्याग गर्नेमा केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटीका सदस्यदेखि गाउँ कमिटीका पादधिकारीसम्म रहेका छन । पार्टी परित्याग गर्नेहरूले देश, जनता र पार्टीको हितमा समर्पण गर्नु भएका डा। भीम रावलको योग्यता अपहरण गर्ने के।पी। ओलीको सत्ता उन्मादी र अत्याचारपूर्ण निर्णयको देशव्यापी रुपमा निन्दा गर्नुपर्ने बताएका छन ।

dainiki.com

रावललाई एमालेले केही सातअघि संगठित सदस्य समेत नरहनेरी कारबाही गरेको थियो । त्यसपछि उहाँले मातृभूमि जागरण अभियानका नाममा एमालेभित्रका आफू निकटका नेता कार्यकर्तालाई गोलबद्ध गर्ने अभियान चलाउनु भएको छ ।

यस्तो छ एमाले छाडेका ५९ नेताहरूको सामूहिक प्रेस विज्ञप्ति

प्रेस वक्तव्य
नेकपा (एमाले) का पूर्व उपाध्यक्ष डा.भीम रावललाई अध्यक्ष के. पी. ओलीको निर्देशनमा २०८१ साल पुष १० गते सचिवालयको बैठकबाट पार्टी सदस्यता नरहने गरी निष्काशन गरिएको स्वेच्छाचारी निरंकुश र तानाशाही निर्णयको हामी बिरोध र भर्तसना गर्दछौं । अत्यन्त कठीन देखिने दिनहरुमा देशभक्तिको झण्डा उठाउदैं स्वदेश र प्रवासमा पार्टीको निर्माण, विस्तार र प्रवर्द्धनमा अत्यन्त ठूलो र गहन योगदान गर्दै आफ्नो जीवनको उर्जावान समय देश, जनता र पार्टीको हितमा समर्पण गर्नु भएका डा. भीम रावलको योग्यता अपहरण गर्ने के.पी. ओलीको सत्ता उन्मादी र अत्याचारपूर्ण निर्णयको देशव्यापी रुपमा निन्दा गर्नु पर्छ । डा. रावलले विद्यार्थी संगठन हुँदै ५१ वर्षसम्म अनवरत र अविचलित रुपमा पार्टीको लागि रगत र पसिना बगाउनु भएको तथ्य सबैका सामु छर्लङ्ग छ। उहांले पार्टीको उपाध्यक्ष र नेपाल सरकारको उप- प्रधानमन्त्री देश जनताको सर्वोपरी हितमा अनेकौ जिम्मेवारी देश र जनताको सर्वोपरि हितमा कुशलताका साथ बहन गर्नु भयो । उहाँका यस्ता योगदानको अवमूल्यन गर्दै अध्यक्ष पदमा प्रतिस्पर्धा गर्नुभएको र देश, राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धिको पक्षमा तथा भ्रष्टाचार, अनाचार एवं राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरणका विरुद्ध सशक्त आवाज उठाएकै कारण उहाँको पार्टी सदस्यता के.पी. ओली गुटले खाएको छ । डा. भीम रावलप्रतिको शत्रुवत् व्यवहार बन्द गरी उहांलाई यथोचित जिम्मेवारी दिइनु पर्छ भन्ने स्वदेश र प्रबासमा रहेका नेकपा (एमाले) का इमान्दार नेता, कार्यकर्ता र सदस्यहरुको भावना र आवाजलाई कुल्चदै के पी. ओलीले कम्युनिष्ट पार्टीका विरोधीहरुसंग घांटी जोडी स्वेच्छाचारी निर्णय गरेका छन् । कम्युनिष्ट पार्टीले शत्रु भनेका शक्ति, समूह र व्यक्तिसंग गठबन्धन गरी इमान्दार, देशभक्त र सिद्धान्तनिष्ट व्यक्तिहरु माथि दमन गर्ने कृर्त्यकै भद्दा रुप हो। सिद्धान्त र जन‌ताको बहुदलीय जनवादलाई समाप्त गरी एमाले बामाले बा मात्र लेख्ने कम्पनीमा परिणत गरिएको छ, सिद्धान्त, कार्यक्रम र नीतिबाट च्युत गरिएको छ । समाजवाद त टाढाको कुरा भयो, देशभक्ति र जनताप्रतिको प्रतिवद्धता समेत नष्ट गरिएको छ । कम्युनिष्ट र समाजवादका विरोधीहरुसग घांटी जोड्दै पार्टीलाई सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन यात्रामा धकेल्ने के पी ओली गुटको नेतृत्वमा इमान्दार र देशभक्त सदस्यहरुले बसिरहनुको कुनै औचित्य छैन । त्यसकारण हामी तपसिल बमोजिमका नेकपा (एमाले) को विभिन्न तहमा विभिन्न जिम्मेवारी सहित लामो समयदेखि कार्यरत एवं सदस्य रही योगदान गर्दै आएकाहरु डा. भीम रावलले राष्ट्रियता, जनजीविका र जनाधिकारको पक्षमा तथा त्यसको रक्षा र प्राप्तिका लागि प्रस्ताव गर्नुभएको मातृभूमि जागरण अभियान लाई पूर्णरुपमा समर्थन र सहयोग गरी अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्दै नेकपा एमालेका सबै इमान्दार देशभक्त सदस्य, शुभेच्छुकहरु तथा अन्य पार्टीमा रहनु भएका व्यक्तिहरु र जनसमुदायलाई यस अभियानमा सामेल भई समर्थन र सहयोग गर्न हार्दिक आव्हान समेत गर्दछौं ।

 

तपशिल

क्र. नाम, थर जिम्मेवारी कमीटी पद हस्ताक्षर कैफियत
रमेश बहादुर कुँवर नेकपा एमाले केन्द्रिय पर्यटन विभाग सदस्य
चक्र रावल नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमीटी सदस्य
जंग विक नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमीटी सदस्य
केशर मियाँ नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमीटी सदस्य
निर्मला रावल नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमीटी सदस्य
दुधकला विष्ट नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमीटी सदस्य
दिपक सुनार नेकपा एमाले प्रदेश कमीटी आर्थिक विभाग सदस्य
हर्क कुँवर नेकपा एमाले सुदुरपश्चिम प्रदेश सल्लाहाकार सदस्य
सुशिला वोगटी नेकपा एमाले सुदुरपश्चिम प्रदेश सल्लाहाकार सदस्य
१० सुरत भुल नेकपा एमाले सुदुरपश्चिम प्रदेश सल्लाहाकार सदस्य
११ प्रकाश शाह नेकपा एमाले सचिवालय सदस्य तथा संगठन विभाग सदस्य
१२ सागर सिंह बाब्ली नेकपा एमाले सचिवालय सदस्य
१३ प्रेम खत्री नेकपा एमाले सचिवालय सदस्य
१४ मान बहादुर गीरी नेकपा एमाले सचिवालय सदस्य
१५ डबल ठकुल्ला नेकपा एमाले सचिवालय सदस्य
१६ सुरेन्द्र शाही नेकपा एमाले सचिवालय सदस्य
१७ बल बहादुर कुँवर नेकपा एमाले जिल्ला कमीटी सदस्य
१८ रतन बहादुर रावल नेकपा एमाले जिल्ला कमीटी सदस्य
१९ टंक रावल नेकपा एमाले जिल्ला कमीटी सदस्य
२० उजिर साउद नेकपा एमाले जिल्ला कमीटी सदस्य
२१ झंकर कुँवर नेकपा एमाले जिल्ला कमीटी सदस्य
२२ अम्विका खडका नेकपा एमाले जिल्ला कमीटी सदस्य
२३ हेमा नागरि नेकपा एमाले जिल्ला कमीटी सदस्य
२४ शंकर भुल नेकपा एमाले जिल्ला कमीटी सदस्य
२५ रामप्यारी कुँवर नेकपा एमाले जिल्ला कमीटी सदस्य
२६ लाल कामी नेकपा एमाले जिल्ला कमीटी सदस्य
२७ राम बहादुर कुँवर नेकपा एमाले जिल्ला कमीटी सदस्य
२८ राम बहादुर खडका नेकपा एमाले जिल्ला कमीटी सदस्य
२९ ललित ढोली नेकपा एमाले जिल्ला कमीटी सदस्य
३० महारुप जैशी नेकपा एमाले सचिवालय सदस्य
३१ अम्मर विक नेकपा एमाले जिल्ला कमीटी सदस्य
३२ कमल साउद नेकपा एमाले जिल्ला कमीटी सदस्य
३३ जगत रावल नेकपा एमाले पुर्व जिल्ला कमीटी सदस्य
३४ हिक्मत खडका नेकपा एमाले पुर्व जिल्ला कमीटी सदस्य
३५ नर बहादुर कुँवर नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य
३६ सुरेन्द्र भूल नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य
३७ गोविन्द्र भूल नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य
३८ नैनसिंह कुँवर नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य
३९ लाल बहादुर रावत नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य
४० पुरन बहादुर कुवर नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य
४१ पाना साउद नेकपा एमाले जिल्ला कमीटी सदस्य सदस्य
४२ तारा साउद नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य
४३ नृप विक नेकपा एमाले पुर्व जिल्ला कमीटी सदस्य
४४ भरत अयडी नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य
४५ रमेश बुढामगर नेकपा एमाले जिल्ला कमीटी सदस्य
४६ तर्कराज उपाध्याय नेकपा एमाले जिल्ला कमीटी सदस्य
४७ लाल बहादुर कामी नेकपा एमाले जिल्ला कमीटी सदस्य
४८ टंक राज रेग्मी नेकपा एमाले रिटनीज फ्रेडरेशन जिल्ला अध्यक्ष
४९ रंग ठकुल्ला नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य
५० पुरन सठ्ठी नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य
५१ प्रकाश खत्री नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य
५२ श्याम रावल नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य
५३ प्रेमराज शर्मा वडा नं ६ साँफेवगर नपा पुर्व वडा अध्यक्ष
५४ ढकेन्द्र कुँवर नेकपा एमाले साफेवगर नगर कमीटी अध्यक्ष
५५ ललित नेपाली नेकपा एमाले साफेवगर नगर कमीटी उपाध्यक्ष
५६ यदीन मियाँ नेकपा एमाले साफेवगर नगर कमीटी उपसचिव
५७ सिता कुँवर नेकपा एमाले साफेवगर नगर कमीटी उपसचिव
५८ विकास कुँवर साफेवगर नगर युवा संघ अध्यक्ष
५९ भगवती कुँवर अनेम संघ साफेवगर नगर अध्यक्ष

 

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार १०:३९