१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

अब लगानीकर्ताको हित संरक्षण गर्न ट्रष्टी नियुक्त गर्नुपर्ने, धितोपत्र सम्बन्धी ऐनमा यस्ता छन संशोधन

२ भदाै, काठमाडाैँ । सरकारले धितोपत्र सम्बन्धी ऐन २०६३ संशाेधान गर्ने भएको छ । अर्थमन्त्रालयको तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पाैडेलले साउन ३२ गते शुक्रबार संघीय संसद सचिवालयमा संशोधन विधेयक दर्ता गराउनुभएको छ । विधेयकका धेरै दफाहरूमा संशोधन गर्ने प्रस्ताव गरिएको छ भने कतिपय अस्पष्टतालाई स्पषष्ट गर्ने प्रस्ताव गरिएको छ ।

अर्थ मन्त्रालयले हाल धितोपत्र सम्बन्धी ऐनमा ट्रष्टी सम्बन्धी व्यवस्था नरहेको र पुँजी बजारलाई थप सुरक्षित र व्यवस्थित गर्न ट्रष्टी सम्बन्धी व्यवस्था गर्न आवश्यक भएकाले यो नयाँ व्यवस्था गरिएको जनाएको छ ।

ऐन संशोधनको प्रस्तावमा दफा ११० मा ‘क‘ थपेर केन्द्रीय निक्षेप सेवा सञ्चालन समूहिक लगानी योजना सञ्चालन वा सुरक्षित ऋणपत्र जारी गर्ने संगठित संस्थाले हितग्राही वा लगानीकर्ताको हित तथा स्वार्थ संरक्षणको लागि ट्रष्ट्री नियुक्त गर्नुपर्ने व्यवस्था गरिएको छ । योसँगै त्यस्ता संगठित संस्थाले अब ट्रष्टीको नियुक्ति गर्नुपर्नेछ ।

dainiki.com

संशोधनमा लागि ट्रष्टी भन्नाले धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्नको लागि धितोपत्र अन्तर्गत रहेको अभौतिक धितोपत्र तथा सामूहिक लगानी योजनामा भएको लगानीलाई आफ्नो संरक्षकत्वमा लिई सुरक्षा प्रत्याभूति प्रदान गर्ने र सो सम्बन्धमा आवश्यक अनुगमन तथा सुपरीवेक्षण गर्ने सेवा प्रदान गर्ने व्यक्ति सम्झनुपर्छ भन्ने उल्लेख गरिएको छ ।

बमोजिम ट्रष्टी नियुक्त गर्दा अर्थशास्त्र, वित्तशास्त्र, कानून, लेखा, व्यवस्थापन वा पुँजी बजार सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र पैँतीस वर्ष उमेर पूरा भएको व्यक्तिलाई नियुक्त गर्नुपर्ने उल्लेख गरिएको छ । त्यस्तै ट्रष्टीको नियुक्ति गर्दा एक जना जना कानुन क्षेत्रको प्रतिनिधित्व हुने गरी फरक फरक क्षेत्रको कम्तीमा ती जना र बढीमा पाँच जना व्यक्तिलाई ट्रष्टीको रूपमा नियुक्ति गर्न सकिने प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : August 18, 2024 at 12:59 pm