१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

सूर्योदय वोमी लघुवित्तको एफपीओ बुधवार बाँडफाँट हुने, १६ लाख ५४ हजारकाे हात खाली

१४ साउन, काठमाडौँ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बुधबार अर्थात् साउन १६ गते बाँडफाँट हुने भएकाे छ । कम्पनीले गत साउन ४ गतेदेखि एफपीओ निष्कासन गरेको थियो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४६ हजार ७२९.५४५० कित्ता एफपीओ बिक्री खुला गरेको हो ।

उक्त एफपीओ आगामी बुधवार बिहान ८ बजे बाँडफाँट गर्ने तयारी भएको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ।

कम्पनीका अनुसार एफपीओमा माग भन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँट गरिनेछ। कम्पनीको एफपीओमा १६ लाख ५९ हजार बढीको आवेदन परेको छ । कुल २ अर्ब ३८ करोड ६३ लाख ४ हजार रुपैयाँ बराबरको २ करोड ३८ लाख ६३ हजार ४० सय कित्ता सेयर माग सहित आवेदन परेका छन् ।

तर, कम्पनीको सेयर भने ४ हजार ६७२ आवेदकले मात्रै १० कित्ताका दरले प्राप्त गर्नेछन् । तीमध्ये ९ जनाले भने थप १–१ कित्ता पाउने छन् । यी बाहेकका १६ लाख ५४ हजार ४०३ जनाको हात खाली हुनेछ ।

प्रकाशित मिति : July 29, 2024 at 5:07 pm