१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

३० जेठ, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।

पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आएका यादव जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्ष चयन भएका हुन् ।

निर्वाचन प्रक्रिया अनुसार जसपा नेपालको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको थियो। जसमा अध्यक्ष पदका लागि उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्।

बाँकी पदाधिकारी तथा सदस्यहरूमा बढी उम्मेदवारी परेकोले निर्वाचक प्रक्रिया अनुसार नामावली प्रकाशन गर्ने तयारी भइरहेको निर्वाचन समितिले जानकारी दिएको छ ।

मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्रनारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८ः३० बजेदेखि उम्मेदवारी दर्ताकाे कार्य भइरहेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार १३:५७