लक्ष्मीपूजापछि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
२३ कात्तिक, काठमाडौं । लक्ष्मीपूजाको भोलिपल्ट नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १३ सय र चाँदी तोलामा ४५ रूपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ३ सयमा कारोबार भएको छ ।
आइतबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजारमा कारोबार भएको थियो । त्यस्तै, चाँदी प्रतितोला ३ हजार ८५५ रुपैयाँमा कारोबार भएको छ। आइतबार चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : November 9, 2026 at 11:53 am










