२४ कार्तिक २०८३, सोमबार | Mon Nov 9 2026

पटका पड्काउँदा पर्सामा पाँच वर्षीय बालकको मृत्यु

२३ कात्तिक, काठमाडौं । दीपावलीका अवसरमा पटका पड्काउने क्रममा पर्सामा पाँच वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको पकहाँमैनपुर गाउँपालिकामा सोमबार बिहान पटका पड्काउने क्रममा जलेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पकहाँमैनपुर गाउँपालिका–२, मधुबनीका स्थानीय मखु सहनीका पाँच वर्षीय छोराको पटका पड्काउने क्रममा बालकको शरीरमा आगो लागेको थियो । जलेर बेहोस भएका उनलाई उपचारका लागि वीरगन्जस्थित तराई अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : November 9, 2026 at 11:08 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/