३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

कांग्रेस विधानको मस्यौदा केन्द्रीय समिति बैठकमा पेश, पारित भए एक व्यक्ति एक पद

९ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसको विधानको मस्यौदा केन्द्रीय समिति बैठकमा पेश भएको छ। आइतबार बसेको केन्द्रीय समितिको  बैठकमा विधान मस्यौदा पेश गर्दै समितिका संयोजक पूर्णबहादुर खड्काले विधानबारे संक्षिप्त व्याख्या गरेका थिए।

मस्यौदा सभापति र केन्द्रीय सदस्यहरुलाई वितरण गरिएको छ। तीन दिन अध्ययन पश्चात १३ गते ११ बजे पुन बैठक बैठक बस्ने तय भएको छ। विधानका बारेमा सोही बैठकमा छलफल हुने छ।

मस्यौधाका केही धाराहरुमा फरकमत रहेका छन । पदाधिकारीको संख्या, पदाधिकारीको चयन प्रक्रिया, संसदीय समितिको चयन प्रक्रिया, सदस्यता सम्बन्धमा केन्द्रीय कार्यसमितिमा कति प्रतिशत कति प्रतिशत मनोनयन गर्ने सम्बन्धमा फरक मतहरु रहेको बुझिएको छ । संयोजक खड्काले मस्यौदाको मूल प्रति र फरक मतको प्रति पनि बैठकमा वितरण गरेका थिए।

यो प्रस्ताव पारित भए कांग्रेसको विधानमा एक व्यक्ति, एक पदको व्यवस्था हुनेछ । विभाग र भातृ संस्थाहरूमा समेत दोहोरो जिम्मेवारी नदिइने गरी मस्याैदा तयार गरिएको छ । प्रस्तावित मस्याैदाअनुसार पदाधिकारीहरु पनि बढ्ने छैनन् । बैठकमा पेश गरिएको मस्यौदामा पदाधिकारीबारे पुरानै व्यवस्था कायम हुने उल्लेख गरिएको समितिका प्रवक्ता रमेश लेखकले बताए ।

प्रकाशित मिति : 13:44