कोशीमा कृष्णप्रसाद सिटौला विजयी
११ माघ, काठमाडाैं । कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा कृष्णप्रसाद सिटौला विजयी भएका छन् । उनले एमाले राप्रपा गठबन्धनबाट उमेदवार रहेका उद्धव पौडेललाई पराजित गरे ।
सिटौलाले प्रदेशसभातर्फ २३८५ मतभार पाए भने पौडेलले २४९१ मतभार पाए । स्थानीय तहतर्फ सिटौलाले २९०७ र पौडेलले २०७१ मतभार पाए ।
सिटौलाले कुल ५२९२ र पौडेलले ४५६२ मतभार पाए । सिटौलालाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो ।
कोशी प्रदेश सभामा सत्ता गठबन्धनका ४७ जना प्रदेशसभा सदस्य छन् । प्रदेशसभामा राप्रपा र एमालेका ४५ जना सदस्य रहेका छन् ।
प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार १७:४१