२४ कार्तिक २०८३, सोमबार | Mon Nov 9 2026

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

२३ कात्तिक, काठमाडौं । नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको हो । सोमबार बिहान १०: ५५ बजे बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा मोटरसाइकल चालक धादिङ खनियाबास गाउँपालिका–५ घर भई हाल जिल्ला नुवाकोट विदुर नगरपालिका–९ बस्ने ४७ वर्षीय बुद्धिमान तामाङ, नुवाकोटको विदुर नगरपालिका–१३ बस्ने ३१ वर्षीया बिन्दा थापामगर र सोही स्थान बस्ने २७ वर्षीया सुनिता थापा मगरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनाको उपचारको क्रममा जिल्ला अस्पताल त्रिशुलीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : November 9, 2026 at 2:38 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/