७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

सीएनएनद्वारा अमेरिकी राष्ट्रपति ट्रम्प र उनका उच्च सहयोगीविरुद्ध अदालतमा मुद्दा दायर


२८ कात्तिक, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका उच्च सहयोगीविरुद्ध सीएनएनले मुद्दा दायर गरेकाे छ । मंगलबार ट्रम्प र उनका उच्च सहयोगीविरुद्ध अमेरिकाको जिल्ला अदालत, वासिंटनमा सीएनएनले मुद्दा दायर गरेको हो ।

सीएनएनका लागि ह्वाइट हाउस वरिष्ठ संवाददाता जिम एकोस्टाको परिचयपत्र अमान्य घोषित गर्दै उनको प्रवेशमा रोक लगाएसँगै सीएनएन अदालत जान बाध्य भएकाउ हाे  । ट्रम्पले आयोजना गरेको पत्रकार सम्मेलनमा एकोस्टाले कडा प्रश्न गरेपछि गत बुधबार तनाव भएको थियो ।

ह्वाइट हाउसमा कार्यरत महिला कर्मचारीले एकोस्टाले प्रश्न गरिरहेकै बेला उनको माइक्रोफोन नियन्त्रणमा लिने प्रयास गरेकी थिइन् । तर, एकोस्टाले ती महिलालाई रोके र थप प्रश्नहरु ट्रम्पमाथि बर्साए । यो घटनाको भिडियो भाइरल भएपछि ह्वाइटहाउसको चर्को आलोचना भए पनि उसले एकोस्टाको परिचयपत्र नै जफत गर्ने अलोकप्रिय कदम चालेको थियो ।

सीएनएन ट्रम्प र उनको प्रशासनले आफ्ना पत्रकारको संवैधानिक अधिकार खोसेको भन्दै अदालत गएपछि घटनाले रोचक मोड लिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार ११:०२