१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

मनकामना स्मार्ट लघुवित्तले लाभांश नदिने, सेयरधनीको हात खाली !

१५ मंसिर, काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले लाभांश नदिने भएको छ । कम्पनीको मंसिरर १४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९ / ०८० को मुनाफाबाट सेयरधनीका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । याे बर्ष सेयरधनीहरूकाे हात खाली हुने भएकाे छ ।

लघुवित्तले गत आर्थिक वर्षको नाफा नोक्सानी तथा सो सित सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गरेको छ । राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भए पछि कम्पनीले साधारणसभा आह्वान गरि स्वीकृतिका लागि पेश गर्ने छ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार १२:२८