१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

धौलागिरी लघुवित्तको सेयर कारोबार फुकुवा

६ मंसिर, काठमाडाैं। नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरिदिएको छ । लघुवित्तले गत आर्थिक वर्षको लाभांश सम्बन्धि निर्णय समयमा उपलब्ध नगराएकोले नेप्सेले गत कात्तिक २४ गतेदेखि कम्पनीको सेयर कारोबार रोक्का राख्दै स्पष्टिकरण सोधेको थियो ।

‘सर्भर मेलमा समस्या आएको कारण समयमा जानकारी गराउन नसकिएकाले आगामी दिनमा सजग भई यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धतापत्र मार्फत व्यक्त गरेकाले उक्त कम्पनीलाई धितोपत्र सूचीकरण विनियमावली २०७५ र सूचीकरण सम्बन्धी सम्झौताका सर्तको पूर्ण पालना गर्न सचेत गराउँदै रोक्का रहेको धितोपत्र कारोबार फुकुवा गरिएको छ,’ नेप्सेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अब कम्पनीको शेयर भोली देखि कारोबारमा आउनेछ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार १०:३२