नेपाल एसबीआई बैंककाे खुद नाफा ५० करोड १६ लाख, प्रतिसेयर आम्दानी कति ?
१५ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना नेपाल एसबीआई बैंककाे नाफा १०.१० प्रतिशतले बढेकाे छ। बैंकले प्रकाशित गरेकाे अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले ५५ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको खुद नाफा ५० करोड १६ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा भने केही संकुचन आएको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा केही घटेर १ अर्ब २६ करोड ९७ लाख रुपैयाँमा झरेको छ।

समीक्षा अवधिमा बैंकले शुल्क तथा कमिसनबाट ३६ करोड ७० लाख रुपैयाँ खुद आम्दानी गरेको छ भने धितोपत्र तथा अन्य कारोबारबाट ११ करोड १४ लाख रुपैयाँ आर्जन गरेको छ। बैंकको कुल सञ्चालन आम्दानी १ अर्ब ७६ करोड ५८ लाख रुपैयाँ कायम भएको छ। यसैगरी बैंकको सञ्चालन नाफा ७८ करोड ३४ लाख रुपैयाँ पुग्दा करअघिको नाफा ७८ करोड ८८ लाख रुपैयाँ पुगेको छ।
गत असार मसान्तसम्म २ खर्ब १२ अर्ब ८२ करोड ६४ लाख रुपैयाँ रहेको कुल निक्षेप संकलन १२.५५ प्रतिशतले विस्तार भई असोज मसान्तसम्म २ खर्ब ३९ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, ग्राहकलाई प्रवाह गरिएको कर्जा तथा सापट २.५४ प्रतिशतले बढेर १ खर्ब ५० अर्ब ५० करोड रुपैयाँ पुगेको छ (गत असार मसान्तमा कर्जा प्रवाह १ खर्ब ४६ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो)। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३.०१ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा केही बढेर ३.१९ प्रतिशत पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४९ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ६६ पैसा पुगेको छ।
प्रकाशित मिति : November 1, 2026 at 1:55 pm










